कोरोना नियमको उल्लंघन गरेको भन्दै बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध 'एफआईआर' दर्ता भएको छ । कारमा घुमिरहेको अबस्थामा देखिए पछी मुम्बई प्रहरीले एफआईआर दर्ता गरेको हो ।लकडाउनमा किन कारमा ? भन्ने प्रश्नको दुवैले उचित कारण दिन नसकेपछि उनीहरुविरुद्ध लकडाउन उल्लंघन गरेको आरोपमा कारबाही अघि बढाइएको हो । जुन १५ सम्म भारतको मुम्बईमा लकडाउन गरीएको छ l यसैअन्तर्गत मुम्बईमा दिउँसको २ बजेपछि बिनाकारण निस्कन प्रतिबन्ध लगाइएको छ । यदि, २ बजेपछि बिनाकारण घुमिरहेको भेटिए आईसीसीको धारा १८८ अन्तर्गत कारबाही गरिनेछ ।  कोरोनाको दोश्रो लहर बढे सँगै अधिकतम देशहरु लकडाउनमा  थप् कडाइ गरेका छन l