कोरोनाका कारण सिर्जित लकडाउनले मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर गरेको छ । नेपाली सिने जगत यसबाट विमुख छैन । यहाँ धेरै मानिसहरु आर्थिक कमजोरीको सामना गरिरहेका छन् । बाहिरी रुपमा नदेखिएता पनि भित्री रुपमा चाहे कलाकारहुन् या प्राविधिकनै सबै आर्थिक रुपमा कमजोर बनेका छन् l लकडाउनका कारण फिल्म प्राविधिकहरुलाई समस्या परेको खबर बाहिरीने बितिकै अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छिन् । साथै अरुलाई पनि सहयोग गर्न आग्रह गरेकी छन् l एक भिडियो सार्वजनिक गर्दै ‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावुक भएकी छु ।’प्रविधिक भन्दा पनि स्पट ब्वाइहरु लाई अत्यन्तै गार्‍हो भएको छ l यो बेला हामीले सानो सहयोग गर्यौ भने पनि ठुलो हुने उल्लेख गरेकी छिन् l साथै  प्राविधिकहरुलाई सहयोग गर्न ९८४१०१७७६४ नम्बरको ईसेवा आईडीमा रकम पठाउन सकिने जानकारी गराएकी छन् l