भारतको नयाँ दिल्ली स्थित एक रेस्टुरेन्टले अभिनेत्री सन्नी लियोनी र हलिउड पोर्न्स्टार मिया खालिफाको नाम मेन्युमा नाम राखेको छ l रेष्टुरेन्टको लोकप्रिय चप डिसमा यी दुई स्टारको नाम राखिएको हो l सो मेन्यु लाई सन्नीले आफ्नो सामाजिक सन्जाल इन्स्टामा सेयर गरेकी छन् l साथै क्याप्सनमा सनीले ‘लोल’ लेखेकी छन् l मेन्युमा सनी लियोनी चप, बेबी डल चप र मिया खलीफा चप भनेर नाम दिइएको छ l  सनीको इन्स्टाग्राममा करिब ४ दशमलब ५ करोड बढी फलोअर्स छन् ।पछिल्लोपटक वेब सिरिज ‘बुलेट्स’मा देखिएकी थिइन् । सिरिजमा करिश्मा तन्ना पनि प्रमुख भूमिकामा थिइन् । उनी चाँडै ‘शेरो’मा देखिँदैछिन् । यसबाहेक उनी वेब सिरिज ‘अनामिका’मा पनि आउदैछिन् ।