चलचित्र 'ग्याङस्टार ब्लुज'को प्रिमियर सो सम्पन्न भएको छ । हेमराज बिसिको निर्देशनमा बनेको चलचित्रको बुधबार चाबाहिल स्थित केल टावरमा प्रिमियर सो गरिएको थियो ।

कार्यक्रममा चलचित्रको मुख्य कलाकारको साथै अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुर्बिना कार्की, आश्मा डिसी, काली प्रसाद बास्कोटासँगै कलाकर्मी र संचारकर्मीको उपस्थित रहेको थियो ।

चलचित्रका निर्माता सरोज न्यौपानेले कार्यक्रममा बोल्दै देशको परिस्थिति अनुकुल नभएको अवस्थामा प्रिमियर गर्नु पर्दा दुःख लागेको बताए । ' निर्मता भएको हिसाबले म बाध्यतामा छु । हामीले चलचित्रको रिलिज डेट सार्ने सोचेको थियौ तर त्यो सम्भव भएन ' सरोजले दुःखी हुँदै बताए ।

प्रिमियर सो बाटै चलचित्र निर्माण पक्षको तर्फबाट १ लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै निर्देशक बिसीले कार्यक्रममा बोल्दै दर्शकको प्रतिक्रियाका प्रतिक्षा गरिरहेको बताए । 'ग्याङस्टार ब्लुज' हेरिसके पछि दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

चलचित्रमा आशिरमान देशराज जोशी श्रेष्ठ, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, अनुपम शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । रिभेन्ज स्टोरीमा बनेको ग्याङस्टार ब्लुज यहि शुक्रबारबाट देशभरके सिनेमा घरमा प्रर्दशन हुदै छ ।