सर्कार म जनता के को चिन्ता लिउ ?

भोको पेटको चिन्ता लिउकी ,रोगको चिन्ता लिउ?

घर चलाउन लिएको रिणको चिन्ता लिउकि ,

तिमिले देश चलाउन मेरो टाउकामा थुपारेको ५२ हजारको चिन्ता लिउ ?

न्याय को चिन्ता लिउकि , छोरा छोरीको स्कुलको फिसको चिन्ता लिउ ?

सरकार म जनता के को चिन्ता लिउ ?

 

देशको चिन्ता लिउकि, देशै नरहने चिन्ता लिउ ?

भ्रष्टाचारको चिन्ता लिउकि ,अराजकताको चिन्ता लिउ ?

हिमाल पहाड तराइको चिन्ता लिउकि,जातीय चिन्ता लिउ ?

मेरो कर्मथलो थिलो थिलो छ ,त्यस्को चिन्ता लिउकि अस्थिर राजनीतिको चिन्ता लिउ ? 

गणतन्त्र लोकतन्त्र प्रजातन्त्रको चिन्ता लिउकि ,

लेण्डुपे अभिव्यक्तिको चिन्ता लिउ ?

सरकार म जनता के को चिन्ता लिउ ?


 

खाडीबाट बाकसमा पठाएको लासको चिन्ता लिउकि, 

बेरोजगारीको चिन्ता लिउ ? 

प्रकृति दोहनको चिन्ता लिउकि, संस्कृति अतिक्रमणको चिन्ता लिउ ? 

सर्कार म तिम्रो चिन्ता लिउकि, मेरो चिन्ता लिउ ?

मलको चिन्ता लिउकि, बाझो खेतको चिन्ता लिउ ?

म भाषाको चिन्ता लिउकि, भेस भूषाको चिन्ता लिउ ?

सरकार म जनता के को चिन्ता लिउ ?

 

अब गणतन्त्रको चिन्ता लिउकि, राजसंस्थाको चिन्ता लिउ ?

आजकाल मेरो नागरिकता सुरक्षित छैन l 

त्यस्को चिन्ता लिउकि, हराउँदै गएका जङ्गे पिल्लरको चिन्ता लिउ ?  

म नक्साको चिन्ता लिउकि ,सगरमाथाको चिन्ता लिउ ?

म लुम्बिनीको चिन्ता लिउकि, अयोध्याको चिन्ता लिउ ?

सरकार म तिम्रो चिन्ता लिउकि, मेरो चिन्ता लिउ ? 

म देसको चिन्ता लिउकि, छिमेकीको चिन्ता लिउ ?

सरकार म जनता के को चिन्ता लिउ ?

 

म तिम्रो चिन्ता लिउकि, देसको चिन्ता लिउ ?

म बाच्न चिन्ता लिउकि, मर्न नसकेको चिन्ता लिउ ?

प्रश्नै प्रश्न छन् सर्कार ,म प्रश्नको चिन्ता लिउकि 

तिमी बाट नआउने उत्तरको चिन्ता लिउ ?

सरकार म जनता के को चिन्ता लिउ ?