चर्चित गीत 'फुलको आँखामा फुलै  संसार' लाई गायिका आनी छोइङ डोल्माले नयाँ भर्सन निकालेकी छन् l बेलायती गायिका स्टोन सँग आवाज टिमअप गरेकी डोल्माले उक्त गीत स्टोनकै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् l दुई विश्वचर्चित गायिकाको स्वरमा गाइएको यो गीत निकै कर्णप्रिय र शान्त महसुस हुन्छ । भिडियोलाई  हायात होटलको लबीमा छायांकन गरिएको छ lगीतमा कुटुम्ब ब्यान्डका बाँसुरीवादक रुविनकुमार श्रेष्ठले प्रस्तुति दिएका छन् l भने न्यूह बज्राचार्यले गितारमा प्रस्तुत दिएका छन् ।