बलिउड नायिका यामी गौतम बैबाहिक जीवनमा बाँधिएकी छिन् । फिल्म निर्देशक आदित्य धरसँग उनले लगन गाँठो कसेकी हुन् l आफु बैबाहिक जीवनमा बाँधिएको तस्विर सार्वजनिक गर्दै खुशी ब्यक्त गरेकी छिन् l साथै सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् । कोरोना महामारीका कारण उनीहरुको विवाह समारोह निकै छोटो राखिएको थियो भने दुई परिवारका सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।  आदित्यले फिल्म उरी निर्देशन गरेका थिए यामी फिल्म ‘विक्की डोनर’मा काम गरेपछि चर्चामा आएकी थिइन् l यामीले अभिनय गरेको ‘बाला, विक्की डोनर, सनम रे’ जस्ता फिल्म दर्शकले एकदमै रुचाएका फिल्ममा पर्दछ ।