शुक्रवार पद बहालीपछि उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएका थिए। उनले बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको समेत बताएका थिए l उनले दीएको सो अभिव्यक्ति अहिले सर्वत्र विरोध भैरहेको छ । नेपाली जनताले सामाजिक सन्जालमा आक्रोशित स्ट्याटस लेख्दै महतोको विरोध गरेका छन् l कतिले बहुल देश भनेको के हो भनेर प्रश्न गरेका छन् l सोही प्रश्न सदाबाहार नायिका कारीश्मा मान्नधरले पनि गरेकी छन् l समाजिक सन्जाल नायिका करिश्मा मानन्धरले महत्तोको भनाइप्रति लक्षित गर्दै लेखेकी छिन्–‘गरिब भए पनि गौरव थियो । एकता थियो । बहुल राज्य ठिक छ । तर, बहुल राष्ट्रिय राज्य भनेको के हो । यो किन आवश्यक छ ?’ करिश्माले प्रश्न गरेकी छिन् । सामाजिक सन्जालमा सोधिएको उक्त प्रश्नमा उनका शुभचिन्तकहरुले आफ्नै आफ्नै ढंग बाट कमेन्टमा उत्तर दीरहेका छन् l