भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले  पक्राउ गरेको छ । बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका पुरी विरुद्द पीडित महिला र उनको परिवारले उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता चर्चित सिरियलमा काम गरेका उनले २०१३ बाट  उनले आफ्नो करियर सुरु गरेका थिए । ‘दिल की नजर से खूबसुरत’ नामक सिरियल बाट उनले पहिलो पट्क सानो पर्दामा पाइला टेकेका हुन् l यि अभिनेता ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोका पनि प्रतिस्पर्धी हुन् l नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, लगायत सिरियलमा काम गरेका पुरी बिग बोस १२ र १३ मा गेस्टका रुपमा पनि देखिएका थिए