वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ पुन: अस्पातल भर्ना भएका छन् l दोश्रो पटक कोभिडलाई जितेर घर फर्किएका श्रेष्ठलाई मुटुमा समस्या देखिए पछी अस्पातल भर्ना गरीएको हो l छाती दुख्नुका साथै ब्लड प्रेसरमा तल माथि भएपछि गंगालाल अस्पतालमा भर्ना गरिएको परिवारले जनाएका छन् l  अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ। मदनकृष्ण कोरोना संक्रमण भएपछि दुई पटक अस्पताल भर्ना भएर गत सातामात्रै डिस्चार्ज भएका थिए ।वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। मदनकृष्णमा कोरोना भाइरस संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। । भने अन्य सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ l