नायिका बर्षा सिवाकोटीले 'के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो? भनेर प्रश्न गरेकी छिन् l अहिले पछिल्लो समय दुई घटनाले सामाजिक सञ्जालका न्युज फीडहरु भरीन थालेका छन् l ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएको घटना l यस्ता संवेदनशील घटनाहरुलाई मजाकको बिषय बनाएर युट्युबरहरुले डलरको खेती गर्न अनेकौ टाइटल हालीरहेका छन् l साथै रमाइलोको लागी बनाएको टिकटकले पनि यस्ता घटना गर्न जागरुक गरीरहेको छ l भन्नु पर्दा लिप्सिङ गरेर अर्काको दु:खमा रमाइलो मान्ने l यस्ता संवेदनशील घटनाहरुलाई मजाकको बिषय बनाएर युट्युबरहरुले चर्तिकला देखाएको र साथै रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी चलेकोमा बर्षाले आक्रोश पोखेकी हुन् l सामाजिक सन्जालमा बर्षा लेख्छिन्:       

 

'के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो? अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन्। आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन्? यस्तो कारुणिक घटनालाई मसला बनाएर युट्युबरहरु संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरुको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो। अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं। सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं।