५० र ६० को दशकमा एकक्षत्र राज गरेका महानायक अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ l ५३ औ बर्ष पार गरेर ५४ बर्षमा प्रवेश गरेका हमालको १९६४ जुन ९ मा माता रेणु हमालको कोखमा जन्म भएको थियो l उनको पिताको नाम चुडा बहादुर हमाल हो l ३ दिदी बहिनी पछी जन्म लिएका हमाल कान्छो भाई हुन् l २०४८ सालको ‘युगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका उनी नेपाली सिने जगतको दरिलो खम्बा हुन् l३ सय भन्दा बढी सिनेमामा अभिनय गरेका हमालले नामको अगाडी महानायकको जोडेका छन् । जसको अर्थ सिनेमा क्षेत्रकै सर्वाधिक ठुलो व्यक्तित्व हुन्छ । ४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह गरेका राजेशले ‘सकुन्तला’ सिनेमामा आएर अभिनय यात्रा रोकेका थिए l ठुलो पर्दामा रोकिएता पनि सानो पर्दामा भने उनको पछिल्लो समय सकृयता बढ्दो छ l थुप्रै ब्लकबस्टर सिनेमा दिइसकेका हमालले नेपाली सिनेमाको बजार र व्यापारलाई फराकिलो बनाएका थिए । कुनै समय हमालको टाउको मात्र पोस्टरमा राखिदिए हलमा दर्शकको लाम लाग्ने गर्थ्यो । सिनेमा क्षेत्रमा तीन दशक अभिनय गरेका हमालको जोडी कृष्टि मैनाली, करिश्मा मानन्धर, निरुता सिंह हुँदै रेखा थापासँग समेत जम्यो । सुँगठिलो शरीर, विद्द्वान र क्याची लुक्सका धनि हमाल प्राय: दुखि र गाउँले युवकको भूमिकामा देखा पर्थ्ये । त्यसैले उनको फ्यान फलोवीङ शहर, गाउँदेखि देशका कुना-कुना सम्म हुने गर्दथ्यो । लामोसमय पछी ठुलो पर्दामा कमब्याक गर्ने तयारी गरेका उनी चाँडैनै प्रोडक्सनबाट आउने तर्खर रहेको केही समय अघि बताएका थिए l सिनेपाटी परिवार बाट महानायक राजेश हमाललाई जन्मदिनको बधाई तथा शुभकामना !