आफू अभिनित सर्ट मुभी ‘मन बार’ हिन्दी सर्ट मुभी ‘नामर्द’को हुबहु कपी भएको थाहा भएपछि नायिका सुरक्षा पन्तले केही महिना अघि दुःख व्यक्त गरेकी थिइन् । उनले, सामाजिक संजालमा स्टाटस कोर्दै यो कुरा थाहा पाउँदा आफूलाई निकै दुःख लागेको र यस्तो कुरा थाहा भएको भए काम गरिदैनथ्यो होला भनेर उक्त समय उल्लेख पनि गरिन् । फिल्म कपी रहेको खबर मिडियामा आए पश्चात मन बार टिमले सो फिल्मलाई यूट्युब बाट हटाएको थियो l फिल्मको चर्चा सामान्य नरहुन्जेल यूट्युब बाट हटाएको फिल्म पुन: अपलोड गरिएको छ l अप्रिल १४ मा युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ एक हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिल्छ । यतिसम्मकी, यो चलचित्रको संवाद समेत नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको छ । सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ ।