बरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । केही दिन घरमै आईसोलेसन बस्न श्रेष्ठलाई डाक्टरले सुझाव दिएका छन् l  शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण उनी ह्याम्स अस्पताल भर्ना भएका थिए l उनी डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका हुन् । श्रेष्ठ गायन ‘द भ्वाइस अफ नेपाल’ का जर्ज पनि हुन् ।