कोरोनाका कारण सिर्जित लकडाउनले मनोरञ्जन क्षेत्रमा पनि ठूलो असर गरेको छ । बलिउड सिने जगत पनि यसबाट विमुख छैन । यस् बाट मानिसहरु आर्थिक कमजोरीको सामना गरिरहेका छन् । बाहिरी रुपमा नदेखिएता पनि भित्री रुपमा चाहे कलाकारहुन् या प्राविधिकनै सबै आर्थिक रुपमा कमजोर बनेका छन् l कोरोनाका कारण बलिउड अभिनेत्री कंगना रनावतले पनि आर्थिक कमजोरीको सामना गरिरहेको उल्लेख गरेकी छिन् l काम नभएको र आर्थिक कमजोरी सामना गर्नु परेको कारण पहिलो पटक करको आधा हिस्सा रकम तिर्न पनि समस्या भएको बताएकी छिन् ।कंगनाले लेखेकी छिन्–‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’