बलिउड अभिनेत्री रिया चक्रवर्ती ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ सूचीको शीर्ष स्थानमा परेकी छिन् । चर्चित बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, दिशा पाटनी, कट्रिना कैफ लगायतलाई उछिन्दै उनी शीर्ष स्थानमा परेकी हुन् l द टाइम मोस्ट डिजायरेबल वुमन २०२० को सूचीमा दोस्रो स्थानमा एडलिन क्यास्टेलिनो छिन् । उनी मिस युनिभर्स २०२० की थर्ड रनरअप हुन् । तेस्रो स्थानमा दिशा पटानी, चौथो स्थानमा कियारा आडवाणी र पाँचौं स्थानमा दीपिका पादुकोण छिन् । यस्तै छैटौं स्थानमा कट्रिना कैफ, सातौं स्थानमा ज्याकलिन फर्नान्डिज, आठौं स्थानमा अनुप्रिया गोयन्का, नवौं स्थानमा रुही सिंह र दशौं स्थानमा आवृत्ति चौधरी छन् । यो सूचीमा हरेक क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई सहभागी गराइएको थियो । अभिनेता सुशान्त सिह राजपुटको निधन पस्चात उनी चर्चामा आएकी थिइन् l सुशान्तको परिवारले रियामाथि कैयौं गम्भीर आरोप लगाएका थिए । रिया ड्रग्स केसमा जेल पनि गइन् । अहिले उनी जमानतमा बाहिर छिन् ।