प्रतीक्षित फिल्मको सुचिमा नायिका मनिषा कोइरालाको ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’ पनि परेको छ l ११ फिल्मको सूची तयार पारेको सो सुचीमा मनीषा कोइरालाको फिल्म पनि समावेश भएको हो l भारतिय संचार माध्यमको अनुसार उक्त फिल्मलाई प्रतीक्षित सूचीमा राखेको उल्लेख छ । जुन २० सम्म हुने प्रतिष्ठितमध्येको एक ट्राइबेका फिल्म फेस्टिभल बुधबारदेखि न्यूयोर्कमा सुरु भएको छ l गीता मलिकले निर्देशन गरेको फिल्मले एक कलेज युवतीको प्रेमकथा पेश गर्छ ।फिल्मलाई ट्राइबेकामा प्रतीक्षित र महत्वपूर्ण मानिएको छ ।