आइ टीभी टूबाट प्रशारण हुँदै आएको लन्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा सहभागीता जनाएर नेपाली मोडेल अनिता लिम्बूले दर्शकको मन जितेकी छिन् । आयोजक टिमको आग्रहमा शो मा सहभागीता जनाएकी उनले अडिसन मार्फत कार्यक्रममा भाग लिएकी थिइन् l यो कार्यक्रम आई टीभी हब मार्फत जुनसुकै समयमा पनि हेर्न सकिनेछ । ताप्लेजुङमा जन्मिएर इटहरीमा हुर्किएकी अनिताले अध्ययनको शिलशिलामा यूके पुग्ने क्रममा ‘बर्हिगमनको एक फेशन शो’ बाट मोडलिङ यात्रा सुरु गरेकी हुन् lउनले, केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । उनले ‘अक्सफोर्ड फेशन विक’ र ‘लण्डन फेशन शो’ मा पनि आफ्नो प्रतिभा देखाइ सकेकी छन् l ५ फिट ७ इञ्च उचाई र आकर्षक शरीर भएकी लिम्बुले बिभिन्न फेशन शो हरुमा सहभागीता जनाएर थुप्रै अवार्डहरु पनि हात पारेकी छिन् l