आलौकिक देसाइले निर्माण गर्न लागेको रामायणमा आधारित फिल्म शुटिङ सुरु हुनु अगावै चर्चामा छ l फिल्म चर्चामा आउनुको मुल कारण यस् फिल्ममा हुने नायिकालाई लिएर हो l नायिका करिना  कपुर फिल्ममा सिताको भूमिका निभाउने खबर केही समय देखिनै थियो l उनले यस् फिल्मको लागि १२ करोड पारीश्रमिक मागेको खबर लाइ लिएर यस् फिल्म पुन: दोश्रो पटक चर्चामा आएको छ l सो पारीश्रमिकलाई लिएर कपुर अहिले विवादित बनेकी छन् l ट्विटरमा अहिले करिनालाई बहिष्कारको ट्रेन्ड चलेको छ । ह्यासट्याग बोयकटकरिनाकपुरखान ट्रेन्डमा आएको छ । भारतिय संचार नवभारत टाइम्समा उल्लेख अनुसार ट्विटर प्रयोगकर्ताहरुले तैमुरकी आमा सीताको भूमिकामा हुन नसक्ने बताइरहेका छन् । सीताको नभई करिनाले शुर्पणखाको भूमिका निभाउनुपर्ने उनीहरुको भनाइ छ । यस्तै, केही प्रयोगकर्ताहरुले सीताको भूमिकाका लागि कंगना रनौतको नाम सुझाएका छन् ।