कोरोना भाईरसका कारण सरकारले गरेको लकडाउनले ठुला पर्दाका फिल्महरु त मारमा परेकै छन् l त्यो भन्दा पनि बढी नियमितरुपमा चलिरहेका टेलिसिरियलहरुलाई यस्ले मारमा पारेको छ l केही निर्माताहरुले स्टक रहेका नयाँ भागका सिरियलहरु प्रसारण गरे भने प्रायःले त पुराना भागनै प्रसारण गरीरहेका थिए l अब भने सिरियल निर्माताहरुले स्टक रहेका भाग प्रसारण गरीसकेको र पुराना भाग पनि प्रसारण गर्न नसक्ने अवस्था रहेको गुनासो गरेका छन् l  हाल दर्शकमा लोकप्रिय रहेको सक्गिोनि,हर्के हवल्दार, हाम्री झ्याउँकिरी,गोलमाल लगायतका सिरियल स्थगित भइसकेका छन् l अहिले नियमित प्रसारण भैरहेकोमा मेरी बास्सै, हल्का रमाइलो र जुठे छन् । यी सिरियलहरुको पनि स्टक सकिएकाले अब के गर्ने भन्ने पिरलो छ ।  कोरोनाका कारण सरकारले फिल्म साथै सिरियल छायांकनमा रोक् लगाएको छ l अब छायांकनलाई स्वीक्रिती नदिएसम्म यी सिरियलहरु प्रसारणमा आउने छैनन् l सक्किगोनी निर्देशक कुमार कट्टेल ‘जिग्री’ले निषेधाज्ञा खुला भएपछि पुनः छायांकन गरेर नयाँ एपिसोड ल्याउने तयारीमा छन् l यसै गरी सिरियल बन्द गरेर 'हर्के हवल्दार' बिष्णु सापकोटा अहिले हेटौंडास्थित घरमा पुगेका छन् । निषेधाज्ञा खुलेपछि छायांकन सुरु गरिने उनको पनि यही भनाइ छ l