चलचित्र ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक भएको छ । उकालीमा जाँदा जाँदै बोलको गीतमा बसन्त सापकोटाको संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । शब्द पनि संगीतकार सापकोटाकै छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियामा चलचित्रका कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतकाको अभिनय रहेको छ ।
झरना थापाको डेव्यु निर्देशन रहेको चलचित्र ए मेरो हजुर २ भदौ १६ गतदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । छायाँकन संजय लामाको छ ।