अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको केही दीन मात्रै भएको छ l ‘ब्रेन इञ्जुरी’का कारण विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरिन् l निशाको नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । उक्त पोस्ट सामाजिक सन्जालमा छरिए सँगै सिनेकर्मीहरु उनको उपचारको लागी सहयोगी हातलाई अघि बढाए l गत शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो । उनको उपचारको लागि रकम जुटिरहेको छ l यसै क्रममा नायिका द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि निशालाई सहयोग गरेका छन् l जम्माजम्मी ५७ हजार रुपैया नायिकाहरुले घिमिरेको निवासमै पुगेर सहयोग गरेका थिए l करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । साथै अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले २२ हजार निशालाई सहयोग गरेकी हुन् l