नायिका प्रकृति श्रेष्ठले आफुलाई बलिउडमा कामा गर्ने इछ्या रहेको बताएकी छन् l सामाजिक सन्जाल इन्स्टामा उनले सो कुरालाई उल्लेख गरेकी हुन् l एक प्रशंसकले बलिउडमा काम गर्ने चाहनाबारे सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र रहनेछ ।’ साथै मनपर्ने फिल्म र कलाकारको प्रश्नमा ‘दर्पण छायाँ र कल हो ना हो’ र कलाकारमा विक्रान्त मेस्सी र विक्की कौशल उनको उत्तर रहेको छ l एक प्रशंसकले बलिउड फिल्म ‘देवदास’ मा पारो र चन्द्रमुखीमध्ये एउटा भूमिका निभाउने अवसर पाए कुन छान्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा प्रकृतिले ‘पारो’ भनेकी छन् । करीब ६ वर्ष अगाडी फिल्म क्षेत्रमा पाइला टेकेकी श्रेष्ठको ‘होस्टेल’ डेब्यु फिल्म हो l होस्टल फिल्म बाट एकाएक करीएर आकासिए पछी उनलाई अन्य फिल्मको अफर नआएको भने हैन l तर केही कारणबस अभिनयलाई निरन्तरता नदिइ उनी अस्ट्रेलिया भासिएकी थिइन् l अब भने अभिनय लाई पनि निरन्तरता दिने सोच्च राखेकी प्रक्रितीले निषेधाज्ञा हुनुभन्दा अगाडि फिल्म ‘बिहे पास’ को छायांकन सकाएकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा देखिँदैछन् ।