अन्तर्राष्ट्रिय फिल्म महोत्सव –२०२१ भोलि बाट सुरु हुने भएको छ l कोरोना महामारीका कारण यो बर्षको महोत्सव भर्चुअली आयोजना हुने भएको हो l महोत्सव जुन २० सम्म हुने छ l नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा फिल्महरू महोत्सवमा प्रदर्शन हुने छ l प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । साथै, प्रतिस्प्रर्धाका लागि छानिएका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत पनि गरिनेछ l महोत्सवमा ६ जना महिलाहरूको निर्णायक मण्डलले उत्कृष्ट फिल्महरूको पुरस्कार घोषणा गर्नेछ। नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रूपमा रहेका छन्। महोत्सव अवधिभर स्मार्ट फोन, आई प्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निःशुल्क हेर्न सकिनेछ। निःशुल्क फिल्म हेर्नको लागि लिंकःhttps://nafilmsociety.org/https://watch.eventive.org/naiffmaryland2021