गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । गायक हेमन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ । भिडियोमा हेमन्त र एलिनाले मोडलिङ गरेका छन् । गीतले प्रेममा ब्रेकअप भैसकेपछि प्रेमी र प्रेमिकाले एक अर्काको संझनामा व्यक्त गरेका भावहरुलाई उतारिएको छ । भिडियोलाई गायक हेमन्तकै आधिकारिक यूट्युब च्यानल बाट सार्वजनिक गरीएको छ l