नेपालमा मनसुन सुरु भएपछि वर्षाका कारण उत्पन्न बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूले राहत सामाग्री प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।राहत पुगेका स्थानमा आवास लगायतका विषयमा उचित प्रबन्ध हुन नसक्दा उनीहरूको चिन्ता घट्न सकेको छैन।सरकारी निकायहरूका अनुसार आगामी हप्ता आइतबार देखि बिहीवारसम्म ठूलो पानी परेर फेरि बाढी आउने र पहिरो जान सक्ने सम्भावना छ। निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ ।बाढीले घरगोठसँगै आफन्त पनि गुमाउनु परेकाले बाँचेकाहरुलाई यतिखेर सम्हालिन गाह्रो भएको छ । यसै क्रममा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्मा र श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि सहयोग वितरण गर्ने तयारी गरेका छन् । शर्माले सुख आफूलाई मात्र भएर पनि मन खुशी नहुने भन्दै अरुलाई दुःख पर्दा मन रुने कुरा उल्लेख गरेकी छिन् । साथै श्वेताले पनि यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा हातेमालो गर्न सबैसँग अपिल गरेकी छिन् ।