चाडै नै प्रसारणमा आउन लागेको नयाँ वेब सिरिज”हल्का टुच्च” को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। सिरिजमा राम बास्तोलाको निर्देशन ,सम्पादन र कथा लेखन् रहेको छ । पोखरामा रहेका युवा प्रतिभाहरूलाई अगाडि बढाउने उद्दस्यका साथ सिरिजलाई एएसएपी इन्टरटेनमेन्टले निर्माण गरेको हो । एएसएपी इन्टरटेनमेन्टले नेपाल साथै अस्ट्रेलियामा विगत देखिनै भव्य तथा सव्य कार्यक्रमहरू गर्दै आइरहेको छ ।समाजमा घट्ने यथार्थ घटना ,देश को समसामयिक विषय बस्तुमा आधार रहेर निर्माण रहेको हल्का टुच्चमा राम बास्तोला ,पुष्पा लोहनी ,सरिता दानकुटी ,प्रज्वल भित्रीकोटी लगायत कलाकारहरूको अभिनय हेर्न पाइने छ l रियल पिक्चर इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानल बाट सिरिज सार्वजनिक हुने छ ।