नेपाली चलचित्र ‘पन्चेबाजा’को शुभमुर्हत गरिएको छ । बिहिबार काठमाडौँको कमलादी स्थित गणेश मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । निउ भेनस फिल्मको प्रस्तुतिमा बन्ने लागेको चलचित्रमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र सिर्जना शुब्बाको मुख्य भुमिका रहने छ। चलचित्रलाई धनश्यान लामीछानेले निर्देशन गरेका हुन् । चलचित्रमा गाउँघरको कथालाई उतारिएको निर्देशक लामीछानेले जानकारी दिए । चलचित्रमा सौगात, जस्मिन, सिर्जना कर्मा शाक्य, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा कथा,पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन भने चलचित्रमा संगीत कालिप्रसाद बास्कोटा र विकास चौधरीको रहने छ ।