कोरोना संक्रमण घटे सँगै फ्लोरमा उत्रिएका केही सिनेमाहरु दोश्रो कोरोना महामारीका कारण पुन: बन्द भएका थिए l पछिल्लो समय कोरोना बाट संक्रमण हुनेको सङ्ख्या र मृत्‍यु दर न्युन हुँदै गइरहेको छ l यसैलाई मध्य नजर राख्दै सामाजिक सुरक्षा र सावधानी अप्नाउदै सिनेमा ‘आँधी तूफान २’ टिमले फिल्मको शूटलाई निरन्तरता दिने तयारी गरेको छ l असारको २२ गतेभित्र छायांकन शुरु गर्ने तयारी रहेको चलचित्रका लेखक एवं निर्माता रहेका मौनता श्रेष्ठले जानकारी दिए । ‘७ दिनमै छायांकन रोक्नुपरेको थियो’ उनले भने, ‘निषेधाज्ञा क्रमश खुकुलो बन्दैछ । टिमलाई जुटाएर ८–१० दिन भित्रमा छायांकन शुरु गर्ने तयारी गरेका हौं ।’ उनले काभ्रेको एक गाउँबाट चलचित्रको छायांकन शुरु गरिने तयारी रहेको बताए । १४ वर्षअघि निर्माण गरीएको सुपर हिट सिनेमा ‘आँधी तूफान’ को यस् दोश्रो सिक्वेलमा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ शीर्ष भूमिकामा हुनेछन् । त्यस्तै, रवी गिरी, धुव्र कोईराला, कनिज कोइराला, रुपा केसी लगायतको अभिनय रहनेछ । मदन घिमिरेको निर्देशन, रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ l थ्रीलर सस्पेन्स कथामा महिला एक्सनप्रधानमा सिनेमा निर्माण हुँदै छ l