महिलाहरुको विशेष चाड नजिकिदै गरेको तिजलाई लक्षित गर्दै ‘नाच्ने हो छेउ छेउमा’ गीतको फिमेल भर्सन रिलिज भएको छ । बबिना किराँतीको स्वरमा रहेको यस् गीत गत साल मेल भर्जन सार्वजनिक गरीनुका साथै गीतले चौतर्फी रुपमा चर्चा पनि बटुलेको थियो l गीतमा प्रविण भट्टको शब्द तथा संगीत रहेको छ l प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । अश्मि भुजेलको कोरियोग्राफी रहेको भिडियोमा कविता नेपाली, अकिरा राई, अलिना ठकुरी, बविता पोखरेल, रिया सुन्दास र रमा विश्वकर्मा फिचर्ड छन् । प्रविण भट्टले भिडियोको सम्पादन गरेका छन् l