भारतिय फिल्म र कलाकारहरुको बारेमा पनि प्राय टिपणि गरीरहेने बलिउड फिल्म समीक्षक केआरके सलमान खानको फिल्म 'राधे'को समीक्षक गरे पश्चात एकाएक चर्चामा आए l उक्त फिल्मको खर्ो समीक्षक गरेका के आर के लाई सलमान खानले पुलिस चौकी र अदालत पनि घुमाए l यहाँ सम्म पुग्दा पनि उनले टिपणी र समिक्षक गर्न भने छोडेका छैनन् l हालै उनले अभिनेता शाहरुख खानको पनि टिपणी गरेका छन् l जुन टिपणी अहिले भारतिय संचार माध्यमको हरेक पेपर र अनलाइन वेव साइटहरुमा छापिएका छन् l के आर के ले शाहरुखको बारेमा गरेको टिपणी यस्तो छ l उनी ट्विटरमा लेख्छन्: “मैले बुझ्न नसकेको कुरा, शाहरुख खान साउथ निर्देशक एटली कुमारसँग किन काम गर्न चाहन्छन्, जसलाई हिन्दी दर्शकको बारेमा कुनै ज्ञान नै छैन्,” केआरके अगाडि लेख्छन्, “शाहरुख खानको सबैभन्दा ठूलो समस्या भनेको कथालाई नभई फिल्ममेकरलाई विश्वास गर्नु हो । दर्शकले उनलाई पठान जस्ता मसाला चलचित्रमा स्विकार्दैनन् ।” उमेरले ५६ वर्ष पुगिसक्दा पनि शाहरुख अझै पनि सानो उमेरको भूमिका मात्रै निभाइरहेको र यो नै उनको सबैभन्दा ठूलो गल्ती हो l साथै, शाहरुखको अभिनयको तारिफ गर्दै त्यही अनुरुप सही फिल्ममा काम गरेको भए ५०० करोडको बिजनेस गर्ने हिट फिल्म दिने विश्वास व्यक्त गरे ।