गायक बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत गायक न्यौपानेकै रहेको छ l प्रेम र रोमान्सले भरिएको सार्वजनिक डान्सिङ शैलीको गीतको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका हुन् l यस् गीतको सम्पादन अमृत चापागाईले गरेका छन् l
गायककै आधिकारीक यूट्युब च्यानल बिके क्रियशनबाट सार्वजनिक गरीएको गीतको भिडियोमा मोडल सुनिल क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ । ।दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिम्सिना रहेका छन् ।