६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई चलचित्र बिकास बोर्डले भत्ता सुबिधा दिने भएको छ । चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको हो l उक्त खबरलाई चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका हुन् l  प्रेस विग्यप्तीमा पनि सो कुरा उल्लेख छ l साथै, मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उदेश्यले विकास बोर्डले स्टोरी बैंकको स्थापना, ५ मौलिक चलचित्रलाई राज्यले निर्माण सुबिधा दिने, चलचित्रकर्मी विपद ब्यबस्थापन कोषको सुरुवात, प्रोजेक्ट बिमा सम्बन्धि कार्यविधि निर्माण, डेढ करोडसम्मको लगानीमा बन्ने चलचित्रको प्रोजेक्ट बिमाको शुल्क बोर्डले व्यहोर्ने, निर्माण प्रदर्शन वितरण जाने चलचित्रलाई बोर्डबाट उपलब्ध गराउने सहयोग लगायत रहेका छन् । यो सँगै यो बर्ष कोरोनाको कारण रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार पनि सहज बाताबरण हुने बितिक्कै कार्यक्रम आयोजना गरेर वितरण गर्ने जानकारी गरेको छ l