सरकारले निषेधाज्ञा खुकुलो बनाए पछी फिल्मका गतिविधिहरु सुस्त तरिकामा अघि बढन थालेका छन् l रोकिएका टेलिफिल्म र म्युजिक भिडियो छायांकन पुनः सुचारु हुने थालेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै निर्माताहरुले छायांकनको योजना बनाइरहेका छन् । यसै क्रममा नायिका साम्राज्ञी शाह र नायक पुष्प खड्काले सामाजिक दूरी नियम पालना गर्दै फिल्म 'तिम्रो मेरो साथ'को स्वरांकन 'डबिङ' को काममा ब्यस्त छन् l फिल्मलाई रमेश एम के पौडेलको निर्माण तथा निर्देशन गरेका हुन् l सवीर श्रेष्ठको कथा रहेको फिल्मको छायांकन शिव ढकालको रहेको छ l यही सालको दशैंलाई छेको पार्दै प्रदर्शनमा ल्याउने तयारी गरीएको यस् फिल्म नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने छ l