अभिनेता दयाहाङ राई चलचित्र ‘निलफूल’मा मुख्य भुमिकामा देखिन्दै छन् । बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको बारेमा जानकारी दिइएको थियो । संचारकर्मी समेत रहेका फूलमान वलको निर्देशनमा बन्न लागेको चलचित्रमा दयाहाङको साथै शान्ती वाईवाको मुख्य भुमिका रहने छ । भुकम्पले प्रभाव पारेको परिवारको कथा, जसमा भुकम्प पछि भोगेको कुरालाई देखाइएको निर्माण पक्षले जनाएको छ । धेरै चलचित्रको खेलेको आरोप लाग्ने दयाहाङलाई यो चलचित्र बिशेष रहेको बताए । ‘मैले धेरै चलचित्रमा काम गरेको छु । तर यो चलचित्रको पात्र मेरो लागी निकै नै कठिन थियो । तामाङ समुदायको पात्र भएको कारण मैले ७० प्रतिशत काम तामाङ बोल्दा ग्राहो भएको थियो ।’ कार्यक्रममा बोल्दै दयाले बताए । 


सेलो प्रोडक्शनको प्रस्तुती रहेको चलचित्र ‘निलफूल’को बारेमा बोल्दै निर्देशक आफुले धादिङ, रुवी भ्यालीको सुन्दर समाजिक, सांस्कृतिक र भौगोलिक भुकम्प पछि काठमाडौँको स्थितिलाई चित्रण गरेको बताए । त्यस्तै चलचित्रमा अभिनेता दयाहाङको साथमा अभिनेत्री रेखा थापाको पनि भुमिका रहेको छ । आफुलाई चलचित्रको कथाले मन छोएको कारण बिशेष भुमिकाको लागी निलफूलमा काम गर्ने लागेको अभिनेत्री थापाले बताइन् । चलचित्रलाई माया केसी, चन्द्रमाया तामाङ, दिपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगरको संयुत्त लगानी रहेको छ । चलचित्रको १५ प्रतिशत सुटिङमात्र बाँकी रहेको निर्माण पक्षले जानकारी दिएको छ । ‘निलफूल’मा दयाहाङ, रेखा र शान्तीको साथमा जिम्मे छ्योइकी घिसिङ, पुस्कर गुरुङ, बुद्धि तामाङ, सरोज अर्याल लगायतका  कलाकारको भुमिका रहेको छ ।