बलिउड फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक प्रियदर्शनको कमेडीले भरिएको यस् फिल्मको १८ वर्षपछि सिक्वेल निर्माण भएको हो l  फिल्ममा एकपटक फेरि राधेश्याम तिवारीको भूमिकामा परेश रावल छन् भने उनको श्रीमतीको भूमिकामा शिल्पा सेट्टी देखिँदैछिन् । यस् अघिको पार्टमा भने परेशका अलावा शोमा आनन्द, अक्षय खन्ना, आफताब शिवदासानी र रिमी सेन मुख्य भूमिकामा थिए । फिल्ममा परेश र शिल्पाको अलावा आशुतोष राणा, मनोज जोशी, राजपाल यादव, जोनी लीवर, टीकू तल लगायतको पनि अभिनय रहेको छ । २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा फिल्म रिलिज हुँदैछ ।