कमेडी रियालिटी शो ‘कमेडी च्याम्पिएन सिजन–२’ आजबाट पूर्णरुपमा संञ्चालन हुने भएको छ । कोरोनाका कारण करिब दुई महिनादेखि रोकिएको शो स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु अप्नाउदै आज बाट नियमित रुपमा  प्रसारणमा आउने भएको हो lकार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायांकन गरिएको छ । कोरोना पश्चात सुरु हुन लागेको आजको एपिसोडमा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ ।सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।