नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग लगन गाँठो कसेकी छिन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा यी जोडीले विवाह गरेका हुन् l सामाजिक सन्जालमा विवाह गरेको तस्विर सार्वजनिक गरेका सुपुष्पा र रौनकलाई सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । ब्यापार ब्यवसाय साथै फिल्म निर्माता समेत रहेका रौनक र सुपुष्पा एक बर्ष देखी एक अर्काको प्रेममा थिए l बैशाख १५ गते यी दुईको इन्गेजमेन्ट भएको थियो । फिल्म ‘रणवीर’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी भट्टले ‘छ माया छपक्कै’ ‘चपली हाइट ३’ लगायत केही सिनेमामा काम गरेकी छिन् l