निर्देशक तथा कलाकार विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको निधन भएको हो । २३ मेमा आफूलाई कोरोना संक्रमण भएपछि आफ्नो सम्पर्कमा आउनेहरूलाई आईसोलेटेड हुन आग्रह गरेका थिए । निमोनियाले च्यापेपछि   मेडिसिटि अस्पतालको आइसियुमा भर्ना गरिएको केही दिन अघि विशारदको परिवारले बताएका थिए ।बस्नेतले मिस्टर भर्जिन, न यता न उता जस्ता चलचित्रलाई निर्देशन गरेका थिए । साथै उनले `२ रुपैयाँ´ सुश्री सम्पत्ति, ताण्डव जस्ता फिल्ममा समेत अभिनय गरेका थिए ।