नेपाली सिने क्षेत्रमा आफ्नो हक् जमाएकी नायिका स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमा आज बाट २५ पार गरी २६ मा टेकेकी छीन् l जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको आइरलो लागेको छ । होस्टल रिटन्र्स बाट नेपाली रजतपटमा आएकी नायिका स्वस्तिमा खड्का पछील्लो समयकी सबैभन्दा व्यस्त र डिमाण्डेड नायिका हुन् । उक्त फिल्म बाट चर्चामा आएकी खड्का झन् कुटु मा कुटु गीतमा अभीनय गरेपछी सबैको नजरमा परीन् l कुटु मा कुटु गीतलाई स्वस्तिमाको करियरको टर्निङ पोइन्ट पनि भन्न सकिन्छ । उक्त गीतमा काम गरेपछि स्वस्तिमाले अहिलेसम्म पछाडी फर्केर हेर्नुपरेको छैन सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । सिनेपाटीको तर्फबाट पनि स्वस्तिमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।