बलिउड अभिनेत्री आमिर खान र किरण रावको सम्बन्धविच्छेद भएको छ । १५ वर्षकोयो सम्बन्धलाई डिभोर्समा परिणत गरेका हुन् l विग्यप्ती जारी गदै आमिर र किरणले आफुहरुको सम्बन्धविच्छेद भएको जानकारी गरेका हुन् lविज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।” खानको यो दोश्रो पटक सम्बन्धविच्छेद हो  l यस अघि उनको पूर्वपत्नी रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।