निर्देशक तथा कलाकार शिशिर राणा ठगी आरोपमा पक्राउ परेका छन् l बैंकिङ कसुर मुद्दामा पक्राउ परेको उनलाई ४५ लाख ठगी गरेको आरोपमा प्रहरीले बिजुलीबजारबाट प्रकाउ गरेको हो l मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएको कसुरमा पीडितले उनीमाथि प्रहरी तथा अदालतमा उजुरी दिएका थिए । उनले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितको नाममा ४५ लाख रुपैयाँको चेक काटी दिएका थिए । तर ४५ लाखको चेक दिएता पनि उक्त चेकमा पर्याप्त रकम भने थिएन । २०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि पैसा सापटी लिएका थिए । उच्च अदालतको फैसला अनुसार उनलाइ पक्राउ गरिएको सीआईबी प्रहरी उपरिक्षक श्यामकुमार महत्तोले जानकारी गराएका हुन् । पक्राउ लगत्तै उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ । उनले केही समयअघि ‘पोई पर्यो काले’को दोस्रो भाग बनाउने घोषणा पनि गरेका थिए । तर, उनको सो घोषणामा केही आपत्ति आएपछी त्यो फिल्मको काम अघि बढ्न सकेन l