आज शुक्रवार कुनै नेपाली फिल्म हेर्ने जाने सोच्दै हुनुहुन्छ भने आज दुई नेपाली चलचित्र एकसाथ प्रदर्शन हुँदै छन् । दुवै फरक जनरामा रहेको चलचित्र 'भुईँमान्छे' र ’ग्याङ्गस्टर ब्लूज’ आज शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदै छ । हेमराज बिसि निर्देशित चलचित्र ’ग्याङ्गस्टर ब्लूज मा ’ग्याङ्गस्टरको कथाको साथमा माया, मित्रता र बदलालाई समेटेको छ । प्राय हेमराज निर्देशित चलचित्रहरु सफल छन् । दर्शकले यो चलचित्रबाट पक्कै फरक स्वाद चाख्न पाउने छन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई सरोज न्यौपानेले निर्देशन गरेका हुन् ।
त्यस्तै पोस्टमार्टम गर्ने मान्छेको मनोबिज्ञानमा आधारित रहेर बनेको चलचित्र भुईँमान्छे आज शुक्रवारबाट हलहरुमा प्रदर्शन हुँदै छ । भुईँमान्छेलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । भुईँमान्छेलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादवले निर्माण गरेका हुन् ।
दुई फरक जनरामा बनेका दुई चलचित्र मल्टिप्लेक्स केन्द्रित हुन् । दुवै चलचित्रमा कुन चलचित्रले बाजी मार्ने सफल हाेला त ?