३७ वर्षको इतिहास बोकेको कुमारी सिनेमा हल सदाको लागी बन्द हुने भएको छ l कोरोनाका कारण बन्द गरीएको यस् हलको भवन अब अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । कोरोनाले गर्दा हलले खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएका हल सञ्चालकहरुको भनाई छ l शनिवारदेखि हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । यस् अघी पनि लग्भग ३० ,४० वटा हलहरुले बन्द भइसकेका छन् l कुमारी हलबाट निर्माताहरुले ठुलो मात्रामा शेयर पनि पाउने गरेका थिए l फिल्मको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका लागि पनि कुमारी हल अत्याधिक प्रयोग हुने गर्थ्यो । क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । योसहित क्यूएफएक्सको आउटलेट संख्या १२ पुगेको छ । महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगामी दिनमा यो संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ l कोरोना भाइरस महामारीले ठप्प भएको चलचित्र क्षेत्र २०७७ साल पुसको १० गतेदेखि सञ्चालनमा आएका थिए। यही समयमा वान सिनेमामा चलचित्र इन्टुमिन्टु लण्डनमा, ब्लड सट र आमा चलचित्र प्रदर्शनमा आएका थिए। नेपाल सरकारले हल सञ्चालनको लागि निश्चित मापदण्ड नल्याउँदा लामो समयदेखि बन्द हल खोल्न हल व्यवसायी आफै ताते ।काठमाडौँ उपत्यकामा क्यूएफएक्स र केही हलहरु सञ्चालनमा आए। उपत्यका बाहिरका हलहरुले काठमाडौँको वातावरण बुझ्न चाहे। नयाँ चलचित्र प्रदर्शन नभएपनि पुरानालाई नै प्रदर्शन गरेर वातावरण बनाउने प्रयास त भयो तर असफल।पुसदेखि चैतसम्म जम्मा चार ओटा चलचित्र प्रदर्शन भए। २०७५ सालको फागुन महिनामा नै प्रदर्शनको लागि तयार चलचित्र २०७७ सालमा पनि प्रदर्शन भएनन्। यति बीचमा केही हिन्दी र अंग्रेजी चलचित्र प्रदर्शन भए। यसले सिनेमा हललाई चलायमान गराउन सकेनन्। करिब १० महिना बन्द भएर पुसको अन्तिम साता ५० प्रतिशत ‘अकुपेन्सी’मा खुलेका सिनेमा हल कोरोनाको दोश्रो लहरका कारण पुनः बन्द भएको हो । सतप्रतिशत ‘अकुपेन्सी’मा हल खोल्नु पर्ने माग चलचित्रकर्मीहरुले गरिरहेका बेला कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने आशंका गर्दै सरकारले उनीहरुको माग सुनुवाइ गरेको थिएन ।