नयाँ नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सुरेश न्यौपानेको कथा तथा निर्देशन रहेको ट्रेलर लाई बुढा सुब्बाको आधिकारीक यूट्युब च्यानल बाट सार्वजनिक गरीएको छ l सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ । सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ । प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिष्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय रहेको 'हेल्लो ब्रो' श्रावण ७ गतेदेखि हरेक बिहीबार राती ७ बजे बुढासुब्बाको बिएम टीभीबाट प्रसारण हुनेछ ।