भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ। सासफेर्न समस्या भएपछि केही दिन अघि अस्पताल भर्ना भएका दिलिप ९८ बर्षको उमेरमा मुम्बईमा निधन भएको हो l १९९४मा ज्वारभाटा नामक चलचित्रबाट फिल्म यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले दिलिपलाई ख्याति दिलाएको थियो। पाँच दशक लामो फिल्म यात्रामा ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका दिलीप कुमार भारतीय फिल्मले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए। कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन्। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। उनले गोपी, कोहिनुर,राम श्याम,दिल दिया दर्द  लिया लगायत दर्जनौ हिट फिल्म बलिउड लाई दिएका छन् l