गायक मार्मिक लामाको स्वरमा रहेको नयाँ गीत ‘सुनबुकी फूल’ सार्वजनिक भएको छ l राज शिवाकोटीको शब्द / संगीत मा मार्मिक लामाको आवाजमा यो गीत सार्वजनिक भएको छ। राजन राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा आनन्द सिंह, रक्षा थापा र अभिषेक वजगाई फिचर रहेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गायक मार्मिक लामा १२ बर्ष पछी गायन  फर्किएका हुन् । लामाले १२ बर्ष अगाडी रेकर्ड गरेको ‘फुलबुट्टे सारी’ पहिलो लकडाउनमा निकै चर्चामा आएको थियो ।