सरकारले निशेध्याग्या खुकुलो बनाए संगै फिल्मका कार्यहरु सुरु हुन थालेका छन् l कोरोनाका कारण बीचमा अलपत्र परेका तर पोष्ट प्रोडक्सनको काम बाँकी रहेका फिल्महरुको काम अहिले निर्माण पक्षले गरिरहेको छ । यसै क्रममा स्वस्तिमा खड्का अभिनित  फिल्म 'चिसो मान्छे' को डबिङ कार्य पनि भइरहेको छ l यसै फिल्मकी निर्मात्री शर्मिला पाण्डेले आफ्नो सामाजिक सन्जाल मार्फत फिल्मको डबिङ कार्य  भएको जानकारी गराएकी हुन् l  बुझिए अनुसार “स्वस्तिमाको पार्ट डविङ सकिसकेको छ । भने अर्पण थापाको मात्र डविङ बाँकी रहेको छ l डविङको करिब ९० प्रतिशत काम सकिसकेको छ l रोजगारीका लागि खाडी पुगेको परिवारको सदस्य गुमाउँदाको पीडा र छटपटीलाई  उठान गरेको फिल्मको कथा तथा पटकथा निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन् । काठमाडौंदेखि बझाङसम्म द्रिश्य कैद गरीएको फिल्ममा स्वस्तिमा, अर्पण र देशभक्त खनाल मुख्य भूमिकामा छन् । डविङको काम सकिएपछि पुनः एकपटक सम्पादनको काम सुरु हुनेछ । सम्पादन पछि साउन्डको काम सुरु गर्ने निर्देशक खनाल बताउँछन् ।