नेपालीमा एउटा उखान छ नि, ढाँटेको कुरा काटे मिल्दैन ! यो उखान सिने क्षेत्रको लागी बनाइएको हो भन्दा फरक नपर्ला l  सकभर सेलिब्रेटीहरु लभ लाइफ अत्यन्त गोप्य राख्न चाहन्छन् । प्रेमी वा प्रेमिका सार्वजनिक गर्दा करिअरलाई असर पर्ने डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध लुकाउनु नै निको ठान्दछन् । तर, केही नेपाली कलाकारहरु भने खुल्लम खुल्ला प्रेम गरिरहेका हुन्छन्/छन् । तर साथी मात्र हो भनेर किर्ते गफ दिन चाँही माहिर हुन्छन् l यस्तै किर्ते गफ दिनेमा पर्छिन् अहिलेकी जल्दीबल्दी नायिका बर्षा सिवाकोटी l  नायिका बर्षा सिवाकोटी र राज कटुवाल पछिल्लो समय एक्दमै निकट छन् l राज सँग निकट बनेकी बर्षा  आफु र राज संगै बसेको तस्विरहरु सामाजिक सञ्जालमा  पोस्ट्याइ नै रहन्छिन् l गत बर्षको होली देखी चर्चामा आएको यो जोडी बाहिरी रुपमा आफुहरु प्रेम सम्बन्धमा नरहेको बताएता पनि भित्री रुपमा भने एकअर्काको प्रेममा रहेको सिने क्षेत्र भित्रकै ब्यक्तिहरुको पनि भनाई छ l  केही समय यता दुईको प्रेम सामाजिक सञ्जालमा मज्जैले पोखिँदै आएको छ । प्रायः बर्षाले आफ्नो सञ्जालमा  राज सँगको प्रेमिल तस्विरहरु साझेदार गरिरहेकी हुन्छिन् । हालै पनि सिवाकोटीले एक तस्विर सार्वजनिक गरेकी छिन् l जुन तस्वीरमा बर्षा राजको छातीमा टाउको राखेर मन्द मुस्कान सहितको पोज् दिइरहेकी छिन् l लुकाउन खोजेता पनि यी तस्विरहरु हेरेरै स्पस्ट हुन्छकी बर्षा  प्रेम छताछुल्ल पारीरहेकी छिन् भनेर l यति भएपछि साथी भनेर गफ दिएको कसले पत्याउँछ ? यसो त यी दुईको विवाह हुने खबर पनि फिल्मवृतमा गाईगुइ हल्ला चल्न थालेको छ l सरकारले निषेधाज्ञा खुकुलो बनाए सँगै बर्षा र राज गत मंगलवार स्नेहा आश्रममा एक व्यक्तिको बर्थ-डे मनाउन पनि पुगेका थिए l अमेरिकामा बस्ने सविन जंग थापासँग सम्बन्ध चिसिएपछी बर्षाले राज सँग सम्बन्ध तताएकी हुन् l