गायिका एलिना चौहान र विरेन्द्र श्रेष्ठको आवाजमा समावेश 'घर तिम्रो कता पर्‍यो' सार्वजनिक भएको छ l रुपेश थापाको निर्देशन रहेको भिडियोको गीतमा संगीत दिपक श्रेष्ठले भरेका छन् l उदय राज पौडेलको संगीत सम्योजन ,किशोर थापाको मिक्सिङ मास्टरिङ,पदम सुवेदीको सम्पादन रहेको छ l भिडियोमा जिवेश गुरुङ र बर्षा सिवाकोटी फिचर्ड छन् l गीतको भिडियोलाई आहा टिभी युट्युब च्यानल बाट हेर्न सकिने छ  l